काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने साथै केही राजनीतिक रूपमा महत्त्वपूर्ण निर्णयहरू समेत हुने बताइएको छ।
बैठकमा केही नयाँ मन्त्रीहरू नियुक्त हुने सम्भावना समेत रहेको छ। प्रधानमन्त्री कार्कीले केही दिनअघि रिक्त मन्त्रालयहरूमा छिट्टै मन्त्री नियुक्त गर्ने संकेत गरेकी थिइन्।
बैठकमा देशको वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयहरूबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)
माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद् बैठक