एजेन्सी । सन् २०२५ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेको ओस्लोमा हुँदैछ।
यसको घोषणाको सबैभन्दा ठूलो रहस्य बनेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । जसले आफूलाई यो पुरस्कारको लागि योग्य ठान्दै आएका छन् । तर, विशेषज्ञहरूले उनको विजयको सम्भावना सीमित रहेको बताएका छन् ।
के छन् ट्रम्पका दाबी ?
ट्रम्पले आफूले सातवटा युद्ध अन्त्य गरेको दाबी गदै आएका छन् । ‘सबैले भन्छन् मलाई नोबेल शान्ति पुरस्कार दिइएको हुनुपर्छ’, उनले भनेका छन् ।
उनका लागि नामाङ्कन गर्नेहरूमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, पाकिस्तान र कम्बोडिया सरकार पनि छन् । यद्यपि, धेरै नामाङ्कन नोबेलको फेब्रुअरी १ को म्याद भित्र भएको देखिँदैन ।
सम्भावना किन कम ?
विश्लेषकहरूले ट्रम्पको विजय सम्भावना सीमित रहेको बताएका छन् ।
प्रमुख कारण
दीर्घकालीन प्रभावको अभाव– नोबेल समितिले सानो अवधिको कूटनीतिक सफलताभन्दा दीर्घकालीन शान्ति र अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिने गर्दछ ।
विशेषज्ञ थियो जेनुले भनेका छन्– ‘अल्पकालमा लडाइँ रोक्नु र द्वन्द्वको मूल कारण समाधान गर्नुबीच ठूलो फरक छ ।’ ट्रम्पले दाबी गरेका ‘शान्ति’ योजनाहरूको स्थायित्व अझै प्रमाणित भएको छैन ।
अन्तर्राष्ट्रिय सहकार्यप्रतिको रवैया– उनले विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई निकालेका छन् । त्यससँगै सहयोगी राष्ट्रहरूविरुद्ध व्यापार युद्ध सुरु गरेका छन् । नोबेल समितिका सदस्यले यसलाई ‘राष्ट्रहरूबीच मैत्री बढाउने’ उद्देश्यसँग मेल नखाने भनेका छन् ।
राजनीतिक दबाब– ट्रम्पले आफूलाई पुरस्कार नदिइए ‘अमेरिकाको लागि ठूलो अपमान’ हुने दाबी गरेका छन् । नर्वेका एक अधिकारीले पुरस्कार घोषणा गरिएको दिन बिरामी बिदा लिने योजना बनाएको समाचार पनि छ ।
बाजार र बेटिङ्ग अड्डा– अनलाइन बेटिङ्ग प्लेटफर्म पोलीमार्केटले ट्रम्पको विजयको सम्भावना मात्र २–३ प्रतिशत मात्रै रहेको अनुमान गरेको छ ।
बेटिङ्ग बजारको अनुमानमा सुडानी इमर्जेन्सी रेस्पोन्स रुम्स र रूसी विपक्षी नेता अलेक्सी नभाल्नीकी पत्नी युलिया नभाल्नायाको विजय सम्भावना ट्रम्पभन्दा धेरै माथि छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ असोज २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको २० बुँदे योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
औषधि, ठूला ट्रक र फर्निचरमा भारी कर लगाउने ट्रम्पको नयाँ शुल्क घोषणा
नेटोको सहयोगमा युक्रेनले गुमाएका क्षेत्र रूसबाट फिर्ता लिन सक्छ : ट्रम्प
फ्लोरिडामा ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर
अफगानिस्तानलाई ट्रम्पले किन दिए धम्की ?
युक्रेन युद्धविराम प्रयासमा पुटिनले निराश पारे : ट्रम्प