काठमाडौँ । देशभरका विभिन्न राजमार्गका नौ स्थानमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन विभागले बिहीबार बिहान ८:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै अवरुद्ध स्थानहरूको जानकारी दिएको हो।
प्रहरीका अनुसार अविरल वर्षा र पहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू प्रभावित भएका छन्।
कोशी प्रदेशमा पाँच स्थानमा सडक अवरुद्ध छन्।
भोटखोला गाउँपालिका–४, खरङ्खोला (कोशी राजमार्ग)
माङ्खोला गाउँपालिका–३, फुकुवा (कोशी राजमार्ग)
ईलाम नगरपालिका–९, राजबन्दी–लायस स्थान (मेची राजमार्ग)
पाँचथरको हिलिहाङ गाउँपालिका–२, नान्घ्राबारी (तमोर करिडोर) लगायतका क्षेत्रमा यातायात चल्न सकेको छैन।
बागमती प्रदेशमा चार स्थानमा सडक अवरुद्ध छन्।
सप्तरीको गौरादह–३, तीन स्थानमा (पारस लङ्घु सडक, खण्डमा सडक)
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ (विपि राजमार्ग)
सिन्धुलीको सुकाकोशी–१, नेपालथोक (विपि राजमार्ग) लगायतका क्षेत्रमा सडक पूर्ण रूपमा बन्द रहेको छ।
यस्तै कर्णाली प्रदेशमा हुम्ला र कालिकोटका दुई स्थानमा सडक अवरुद्ध भएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५, कुरीतोल (कर्णाली करिडोर)
कालिकोटको पलाता गाउँपालिका–४, जुम्ली खोलो (कर्णाली करिडोर) मा सवारीसाधन आवागमन रोकिएको छ।
नेपाल प्रहरीले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त स्थानमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो