काठमाडौँ। एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।
सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ ।
यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा इन्दिरा राना मगरसँग बालेनको भेट
झापा–५ का मतदातासँग बालेनको भलाकुसारी
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
बालेन बिहानै पुगे जानकी मन्दिर
रास्वपा पुगेर बालेनले गरे पद बहाली
राजीनामा नलेख्ने सोचमा पुगे बालेन