काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको जनाइएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट