हुम्ला । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए ।
सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिए। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।
त्यसै गरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरू पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।
सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताए । चिसोले विद्यालयमा विद्यार्थी उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । एक मात्र विमानस्थलमासमेत वर्षाले उडान अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ असोज २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत