काठमाडौँ । नेपाली काँग्रेसले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने वा नजाने भन्ने निर्णय केन्द्रीय समितिबाट गर्ने भएको छ ।
काँग्रेसका सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार संविधान भित्रबाटै जेनजीको माग सम्बोधन गर्दै नयाँ सरकार गठन गर्न सकिन्थ्यो भन्ने पार्टीको बुझाइ छ ।
नयाँ सरकार संविधान भित्रबाटै बनाउन सकिन्थ्यो भन्ने हाम्रो निष्कर्ष थियो । संविधान बाहिरबाट बनेको सरकार भएको हुनाले सरकार गठनको प्रक्रियामा हाम्रो विमति छ’ उनी भन्छन्, ‘सरकार बनाउनु पर्दथ्यो । संसद्को एउटा वा दुइटा बैठक बस्न पाएको भए संविधानलाई नखलबल्याइकन अगाडि जान सक्ने अवस्था थियो । यसकारण विमति हो ।’
जेन जीको माग अनुसार नयाँ सरकार बन्नुपर्छ भन्नेमा असहमति नरहेको तर, संविधान बाहिरबाट सरकार बन्ने प्रक्रियामा विमति राखेता पनि आगामी दिनमा कसरी जाने भन्ने विषयमा केन्द्रीय समितिले नै निर्णय लिने सहमहामन्त्री विश्वकर्माको जवाफ छ ।
केन्द्रीय समितिको बैठक यही असोज २६ मा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान