काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अझै अवरुद्ध छन् ।
मंगलवार नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवा र भोटखोला गाउँपालिका-४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।
त्यस्तै, बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपाल थोक खण्डमा पहिरोका कारण आवतजावत अवरुद्ध रहेको छ ।
बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण अवरुद्ध भएको छ। पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ स्थित घट्टे खोला र रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
हेर्नुहोस् नेपाल प्रहरीले जारी गरेको सूचना:
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन