काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् । आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो ।
सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
अहिले परिरहेको पानीको मात्रा र पानी पर्ने क्षेत्र थप बढ्ने सम्भावना भएकाले बाढी, पहिरो, डुबान लगायतका समस्या सिर्जना हुनसक्ने आशंका छ ।
सरकारले यसको सामना गर्न जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो जाने स्थान नजिक पहिरो हटाउने मेसिन उपकरणहरु तयारी अवस्थामा राख्ने, अत्यावश्यक काममा बाहेक यात्रामा रोक लगाउने लागायतका निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयको कार्यान्वयनको अवस्थाबारे मन्त्री घिसिङले विभागीय प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असोज २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'