काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्।
आज असोज १७ देखि असोज २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
बिहीबार मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन्।
उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए।
सम्भावित विपद्लाई ध्यान दिई गृहमन्त्री अर्यालको उपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा भर्चुअल बैठक गरिएको हो।
बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ दिनमा ४२२ विपद्का घटना
वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना
२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति
एघार महिनामा ६ हजार विपद्का घटना
विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना