चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो ।
चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले चालकलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला