सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री

युवा पुस्ताकै ब्यक्तिलाई अब मन्त्रीपरिषद्मा समेटन दवाव

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०८२, १० : ३२
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री

काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले अझै आफनो मन्त्रिपरिषद्लाई पूर्णता दिईसकेकी छैनन । ८ सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले आफनो क्याबिनेट ११ सदस्यीय हुने सार्वजनिक रुपमा बताएकी छिन् ।

त्यसो हुँदा अझै उनले तीन जनालाई आफनो क्याबिनेटमा नियुक्त गर्न बाँकी छ । प्रधानमन्त्री कार्कीसँगै अहिले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ ।

त्यसो हुँदा प्रधानमन्त्री कार्कीले तीन जनालाई मन्त्री नियुक्त गरी कार्यविभाजन गर्नुपर्नेछ । त्यसको गृहकार्यमा प्रधानमन्त्री कार्की लागिरहेको बताइएको छ । जेनजी पुस्ताको आन्दोलनको बलमा चुनावी सरकारको नेतृत्व गरिरहेकी कार्कीमाथी युवा पुस्ताकै ब्यक्तिलाई अब मन्त्रीपरिषद्मा समेटन उस्तै दवाव छ ।

जेनजी पुस्ताको आन्दोलनको बलमा चुनावी सरकारको नेतृत्व गरिरहेकी कार्कीमाथी युवा पुस्ताकै ब्यक्तिलाई अब मन्त्रीपरिषद्मा समेटन उस्तै दवाव छ ।

कार्कीले सम्भबत अव त्यसै अनुसार केही नयाँ नामलाई आफनो क्याबिनेटमा मन्त्री बनाउने गरी तयारी गरिरहेको स्रोतको दावी छ । अहिलेसम्म नाम चलेका र पपुलिष्ट हुन खोज्नेहरुलाई उनले मन्त्री बनाएकी भएपनि अबको केही मन्त्री भने चर्चामा नरहेका तर आश्चर्यजनक ढंगले नियुक्ति गर्न लागेकी छिन् ।

स्रोतका अनुसार उनको क्याबिनेटमा अव तीन जना नयाँ पुस्ताबाट मन्त्री बन्न लागेका छन् । कुनै अदलबदल र दवाव परेन भने अब उनको मन्त्रीपरिषद्मा सुम्निमा उदास या राजेश हमाल, श्रद्दा श्रेष्ठ र प्रदीप खतिवडा मन्त्री बन्ने सूचीमा छन् ।

प्रदीप खतिवडा युवा कार्यकर्ता, उधमी र सामाजिक नवप्रवर्तन अभियन्ता हुन् । युवा उधमशीलता र सामाजिक नवप्रवर्तनलाई प्रर्वधन गर्ने सस्थामा उनी नेतृत्व गरिरहेका छन् । सामाजिक विज्ञान विषयमा मुम्वईमा अध्ययन गरेका उनी अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित नेतृत्व आदानप्रदान कार्यक्रममा सहभागी भएका ब्यक्ति पनि हुन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी छलफल चलेको बताइएको छ ।

त्यस्तै कार्की क्याबिनेटमा चर्चामा परेकी अर्का पात्र हुन् – श्रद्धा श्रेष्ठ । नेपाल पर्यटन बोर्डको पर्यटन मार्केटिंङ र प्रबर्द्धन विभागका वरिष्ठ प्रवन्धक समेत रहेकी उनी जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजक समेत छिन् ।

२०७८ सालदेखि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गदैं आएको छ । उनी त्यसै परियोजनाको संयोजक छिन् । श्रेष्ठ नेपाल पर्यटन बोर्डको सिइओ हुनका लागि आवेदन दिनेमध्येकी पनि एक हुन् । उनलाई कार्की नेतृत्वको सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने बारेमा छलफल चलिरहेको बताइन्छ ।

त्यसैगरी परराष्ट मन्त्रालयमा कार्कीले राष्टिय स्वतन्त्र पार्टी (रास्पपा) छोडेकी सुमना श्रेष्ठलाई ल्याउने सोच बनाए पनि सुमनाले नमानेपछि उनी अहिले अन्य विकल्पमा छलफलमा छिन् । त्यसका लागि उनले दुई नाम मध्ये एकलाई परराष्टमन्त्री बनाउने गरी छिनोफानो लगाउन लागेकी छिन् । सुमनालाई भने उनले आफनो मन्त्रीपरिषद्को भित्रीया सल्लाहकारको रुपमा काम लगाउन थालेकी छिन् । समुनाले पनि कार्कीलाई त्यसैगरी सहयोग गर्ने बताएपछि कार्की क्याबिनेटको भित्रियाका रुपमा समुनाले काम थालिसकेकी छिन् ।

परराष्ट्रमा कार्कीले अभिनेता कलाकार राजेश हमाल र पत्रकारिता क्षेत्रबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी सुम्निमा उदासमध्ये एकलाई छान्ने तयारी गरेकी छिन् । सुम्निमा उदास नेपालका लागि म्यानमारका पूर्वराजदूत भीम उदासकी छोरी हुन् । सुम्निमाले एक दशकभन्दा बढी समय अमेरिकी टेलिभिजन सीएनएनको संवाददाताको रुपमा काम गरेकी थिइन् । उनले न्यूयोर्क, भारत, हङकङलगायत विभिन्न ठाउँमा बसेर पत्रकारिता गरेकी थिइन् ।

सीएनएनको दक्षिण एशिया संवाददाताका रुपमा दिल्ली बसेर काम गर्दा भारतका चर्चित सिने कलाकार, राजनीतिक व्यक्तित्वहरूसँग निकटको सम्बन्ध उनको छ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसँग पनि उनको नजिकको सम्वन्ध रहेको छ । २०७९ मा उनले निमा मार्टिन शेर्पासँग विवाह गर्दा उनको विवाहमा राहुल गान्धी सहभागी हुन काठमाडौं नै समेत आएका थिए । त्यसबेला सुम्निमा चर्चामा थिइन् । सुम्निमाले अमेरिकाको लि युनिभर्सिटीबाट पत्रकारिकता र अक्सफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छिन् । सुम्निमा लुम्बिनी म्युजियम इनिसियटिभकी संस्थापक तथा कार्यकारी निर्देशकको भूमिकामा समेत छिन् ।  सुम्निामा र राजेश हमालमध्येबाट एकलाई परराष्ट मन्त्री बनाउन कार्कीले गृहकार्य गरीरहेको स्रोतको भनाई छ ।

राजेश हमाल पनि कुटनीतिक ज्ञान हासिल गरेका परिवारका सदस्य हुन् । हमालका पिता चुडाबहादुर हमाल राजदूत भइसकेका व्यक्तित्व हुन् । उनले पाकिस्तानका लागि राजदूत भएर काम गरेका थिए । त्यस्तै, उनले रुसमा पनि काम गरेका थिए । उनका दिवंगत भाई राकेश हमाल पनि कुटनीतिक क्षेत्रका जानकार थिए । राजेश आफैं पनि विभिन्न व्रान्ड एम्वेसडरका रुपमा काम गरिरहेका अभिनेता हुन् ।

जेन–जी आन्दोलनका बेला हमाल टीभी शो ‘यो नेपाली शिर उचाली’ कार्यक्रमको छायांकन गर्न अस्ट्रेलियामा थिए । उनी शनिबार मात्रै काठमाडौं फर्केका छन् । अंग्रेजी साहित्यमा गहिरो रुचि राख्ने हमाल नेपाली चलचित्र उद्योगमा अध्ययनशील कलाकारको रुपमा परिचित छन् । हमालले विभिन्न कामको सिलसिलामा विश्वका धेरै देशको भ्रमण गरिसकेका छन् ।

‘यस्तै यस्तै नामहरुका बारेमा छलफल भईरहेको छ, कुनै फेरबदल आएन भने यी चार नामबाटै अव थपिने मन्त्री पर्नेछन्,’ कार्की निकट स्रोतले भन्यो ।