काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । शनिबार राति भएको खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएपछि उनले नेपाली टिमलाई बधाई दिएका हुन् ।
'यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई दिन्छु', उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रचण्ड थप लेख्छन्– 'यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ। नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।'
शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’