काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहने बताएका छन् । महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले तत्कालीन राजा ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ मा चालेको राजनीतिक कदमपछिको नेतृत्वको स्मरण गर्दै भनेका छन्– ‘ कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेन्डामा निर्भर रहन्छ। विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो। किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेन्डामा विभाजित र अन्योलग्रस्त थिए। तर माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए। ’
उनले त्यसैको परिणामस्वरुप जनता सार्वभौम बनेका र मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन