विश्वकप हेर्न हिँडेका अध्यक्ष र महासचिव विमानस्थलमै रोकिए

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, ११ : १७
विश्वकप हेर्न हिँडेका अध्यक्ष र महासचिव विमानस्थलमै रोकिए

काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।

मंगलबार बिहान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा रोक लगाएको हो।

राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई फर्काइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस