काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् ।
अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे । उनले भने, ‘आज राजीनामा दिनुभएको छ । संस्थापक केन्द्रीय सदस्य हो उहाँ । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनुभएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नुभएको छ ।’
जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय