काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सवैमा आह्वान गरेका छन् । सरकारले स्थापना गरेको कोषमा मन्त्री घिसिङले सहयोगको आह्वान गरेका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेको थियो । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठुलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको मन्त्री घिसिङको भनाइ छ ।
‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र पुन निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सवैमा आह्वान गर्दछ’, मन्त्री घिसिङले पत्रकार सम्मेलनमा लिखित विज्ञप्ति वाचन गर्दै भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
सडक निर्माण गर्ने अहिले उपयुक्त मौसम हो, कामलाई तीव्रता दिनूस्: मन्त्री घिसिङ
कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ
मेलम्चीको अवरोध हटाउन पहलका लागि हेलम्बुका अध्यक्षसँग कुलमानको आग्रह