काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन्। ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत उनले सार्वजनिक गरेका छन्।
आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।
‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो। काठमाडौँ महानगरपालिकाको वडानम्बर १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ। त्यसपछि २ नम्बर वडामा कोसिस गर्यौँ। नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यसपटकको विश्वकपमा मेरो फेभरेट देश नै छैन’: प्रधानमन्त्री शाह
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त