एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो गुमाएका सबै क्षेत्र रूसबाट फिर्ता लिनसक्ने बताएका छन् । यो उनको पहिलेको अडानभन्दा विपरीत छ । यसअघि उनी युद्ध समाप्त गर्न युक्रेनलाई छुट दिन सल्लाह दिइरहेका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उनले युरोपेली संघ, नेटो र वित्तीय सहयोगको माध्यमबाट युक्रेन आफ्नो मूल सिमानामा फर्किनसक्ने बताएका हुन् । यद्यपि, उनले नयाँ अमेरिकी हतियारको बिक्री वा सीधा प्रतिबन्धको उल्लेख गरेनन् । त्यसको सट्टा उनले नेटो देशहरूले अमेरिकी हतियार खरिद गरेर युक्रेनलाई दिनुपर्ने सुझाव दिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग थप अमेरिकी सहयोग माग गरेका थिए । उनीहरूले युद्ध समाप्त गर्ने र सुरक्षा ग्यारेन्टीबारे छलफल गर्ने सहमति गरेका छन् ।
ट्रम्पले रूस तीन वर्षभन्दा बढी समयदेखि लडिरहेको तर उसको कागजी बाघजस्तो स्थिति उजागर भइरहेको बताए । उनले रूसको अर्थतन्त्र खराब अवस्थामा रहेको र युरोपले रूसी तेल–ग्यासको आयात बन्द गरेमा युद्ध चाँडै समाप्त हुनसक्ने बताए ।
रूसमाथि शक्तिशाली शुल्कले रक्तपात रोक्न सक्छ
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको भेटमा ट्रम्पले युरोपले रूसमाथि कडा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । युरोपेली संघले नयाँ प्रतिबन्ध र ऊर्जा आयात घटाउने आश्वासन दिएको छ । ट्रम्पले रूसमाथि लगाइने शक्तिशाली शुल्कले चाँडै रक्तपात रोक्नसक्ने बताए ।
ट्रम्पले यदि, रूसी लडाकु विमानले नेटो देशको सीमा उल्लंघन गरेमा अमेरिकाले नेटो सहयोगीहरूलाई समर्थन दिने पनि संकेत गरे । यद्यपि, सीधा हस्तक्षेप परिस्थितिमा निर्भर हुनेछ ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै ट्रम्पले यो युद्धले रूसलाई कमजोर देखाएको बताए । उनले भने ‘एक सानो संघर्ष’को रूपमा समाप्त हुनुपर्नेमा खराब नेतृत्वले यसलाई लम्ब्याएको बताए ।
ट्रम्पले यस मुद्दामा महासभाको साइडलाइनमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेटवार्ता गरे । “इमानुएल म्याक्रोनले वास्तवमा केही युद्धमा मलाई सहयोग गरेका छन् । हामीले सातवटा युद्ध समाधान गरेका छौँ,” ट्रम्पले भने, “सबैभन्दा ठूलो निराशा युक्रेन र रूसको मामिला हो । तर, मलाई लाग्छ यसको पनि समाधान हुनेछ । मलाई पुटिनसँगको मेरो सम्बन्धका कारण यो सबैभन्दा सजिलो हुने लागेको थियो । तर, त्यो सम्बन्धको कुनै अर्थ रहेन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्लोरिडामा ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर
अफगानिस्तानलाई ट्रम्पले किन दिए धम्की ?
युक्रेन युद्धविराम प्रयासमा पुटिनले निराश पारे : ट्रम्प
जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले गरे फोन
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा
सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्: ट्रम्प