चितवन । चितवनको इच्छाकामनास्थित तुइनखोलामा खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चित कालको लागि बन्द भएको छ।
तुइनखोलामा खसेको पहिरो हटाएर कहिलेदेखि सवारी आवागमन सहज हुन्छ, ठेगान छैन। सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार तुइनखोलामा बुधबार साँझ खसेको पहिरो निकै ठूलाे छ। त्याे पहिराे हटाएर यो सडक खुल्न कम्तीमा पनि अरु ४–५ दिन लाग्न सक्छ।
तर नेपालीहरुको मुख्य पर्व दसैँ संघारमै आइसकेको छ। दसैँको बेला लाखौँ मानिसले राजधानी काठमाडौँ छाड्छन्। राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग नै मुग्लिन- नारायणगढ सडक हो।
यो सडक बन्द भएको अवस्थामा अन्य वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन कार्यालयदेखि स्थानीय प्रशासनसम्मले अहिले यात्रुहरूलाई आग्रह गरिरहेका छन्।
नारायणगढ-मुग्लिन सडकको विकल्पमा यात्रुले काठमाडाैँबाट देशभर आवतजावतका लागि चार/पाचवटा वैकल्पिक सडक प्रयोग गर्न सक्छन्।
स्थानीय प्रशासनले चितवन-काठमाडौँ आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी-शक्तिखोर- मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने जनाएको छ।
त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई पनि वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने छ। याे नेपालकाे निकै पुरानाे सडक हाे।
यस्तै मकवापनुरको हेटौँडाबाट भैँसे-भीमफेदी-कुलेखानी- सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिन्छ। फर्पिङ-कुलेखानी हुँदै हेटौँडा निस्कने याे सडक झण्डै ९० किलोमिटर लामाे छ।
ठूला सवारी साधनले भने हेटौँडा-काठमाडौँ आवत जावत गर्दा कान्तिलोकपथ प्रयोग गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ।काठमाडौँकाे सातदाेबाटाेबाट ललितपुरको टीकाभैरव, नयाँगाउँ, झाँक्रीडाँडा, काल्चेभीर, ठिंगन, मकवानपुर गढी हुँदै हेटौँडा निस्कने याे सडक झण्डै ८० मिलोमिटर लामाे छ।
चितवनबाट पोखरा जाने यात्रुका लागि ठूला तथा साना दुवै सवारी साधनले बुटवल हुँदै पोखरा जान सक्नेछन्।
चितवनबाट साना गाडीले कालीगण्डकी करिडोर हुँदै गैँडाकोट पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ जान सक्ने पनि स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो