काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत अन्तरिम सरकारलाई 'जेनजी' आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सुझाव दिएका छन्।
उनले प्रधानमन्त्री सुशीला कार्कीका हालसम्मका अभिव्यक्ति, कदम र नियुक्ति सकारात्मक रहेको बताउँदै आन्दोलनको रापताप सेलाउँदै जाँदा पुराना शक्ति र प्रवृत्ति हाबी हुन सक्ने खतराप्रति सचेत गराएका हुन्।
डा. भट्टराईले सरकारले आफ्नो 'निष्ठा' पुराना शक्ति र यथास्थितिमा नभई विद्रोही जेनजी र परिवर्तनको पक्षमा राख्नुपर्नेमा जोड दिएका छन्। उनले यसका लागि मन्त्रिपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कम्तीमा एक तिहाइ सदस्य राख्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार यसो गर्दा सरकारले आफू परिवर्तनको पक्षमा रहेको स्पष्ट सन्देश दिनेछ र युवाहरूको असन्तुष्टि तथा आक्रोशलाई पुनः विस्फोट हुनबाट रोक्न मद्दत पुग्नेछ।
डा. भट्टराईले सरकारको काम गर्ने शैलीमा पुरानो यथास्थितिवादी सोच हाबी भएमा युवाहरूको असन्तुष्टि पुनः बढ्न सक्ने चेतावनी पनि दिएका छन्। त्यसैले सरकारले युवाको भावनालाई निरन्तर सम्मान गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...