एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई धम्की दिएका छन् । अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई हस्तान्तरण नगरेमा गम्भीर परिणाम भोग्नु पर्ने धम्की ट्रम्पले दिएका हुन् ।
‘अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने, यो धेरै नराम्रो हुनेछ ।’ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । ट्रम्पले यस अघि पनि बगराम एयरबेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्।
आफ्नो सरकारले अफगानिस्तानमा बगराम एयरबेस पुनः प्राप्त गर्न खोजिरहेको हालै बेलायतको भ्रमणको क्रममा ट्रम्पले भनेका थिए । ‘इतिहासले देखाएको छ कि हाम्रो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार गरिएको छैन’ उनको भनाइमा प्रतिक्रिया दिँदै तालिबानले भनेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा