विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन् ।
देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको उनको भनाइ थियो । पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने कोइरालाले बताए ।
शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कोइरालाले भने, ‘अहिले छलफलमात्रै भएको हो ।’
शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी