चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ। चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो।
हिजो साँझ करिब ७:१५ बजेतिर खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको र यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिहान ४ बजेसम्मका लागि आवागमन नगर्न आग्रह गरिएको थियो।
तर आज (शनिबार) बिहान ७:४० मा थप ठूलो पहिरो खसेर सडक करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा ढाकिएको सडक डिभिजन भरतपुरले जनाएको छ। माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भए पनि सडक खुलाउन प्रयास भइरहेको जनाइएको छ।
हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको छ। मुग्लिनतर्फबाट थप एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै छ।
सडक डिभिजनका अनुसार माथिबाट ढुंगा खस्ने क्रम रोकिएमा कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसैले दिउँसोतिर मात्रै सडक खुल्ने अनुमान गरिएको छ।
यसबीच यात्रुहरूलाई धैर्य गर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला