काठमाडौ । मुग्लिन–नारायणघाट सडक खण्ड अझै अवरुद्ध छ। मुग्लिन नजिकैको तुइन खोलामा हिजो साँझदेखि निरन्तर पहिरो खसेपछि रातभरि सवारीसाधन आवागमन ठप्प भएको हो।
सडक डिभिजन चितवनका अनुसार पहिरो झर्ने क्रम अझै रोकिने संकेत नदेखिएकोले तत्काल सडक सञ्चालन सम्भव भएको छैन। यात्रु सुरक्षालाई ध्यानमा राख्दै पहिरो पूर्णरूपमा रोकिएपछि मात्रै सडक खोल्ने तयारी गरिएको छ।
हाल दुई वटा लोडर तयारी अवस्थामा राखिएका छन् भने अर्को एउटा एक्साभेटर पनि साइटतर्फ पठाइएको छ। सम्भावित जोखिम न्यूनिकरण गरेपछि छिटोभन्दा छिटो सडक सञ्चालनमा ल्याइने सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला