काठमाडौ । मुग्लिन–नारायणघाट सडक खण्ड अझै अवरुद्ध छ। मुग्लिन नजिकैको तुइन खोलामा हिजो साँझदेखि निरन्तर पहिरो खसेपछि रातभरि सवारीसाधन आवागमन ठप्प भएको हो।
सडक डिभिजन चितवनका अनुसार पहिरो झर्ने क्रम अझै रोकिने संकेत नदेखिएकोले तत्काल सडक सञ्चालन सम्भव भएको छैन। यात्रु सुरक्षालाई ध्यानमा राख्दै पहिरो पूर्णरूपमा रोकिएपछि मात्रै सडक खोल्ने तयारी गरिएको छ।
हाल दुई वटा लोडर तयारी अवस्थामा राखिएका छन् भने अर्को एउटा एक्साभेटर पनि साइटतर्फ पठाइएको छ। सम्भावित जोखिम न्यूनिकरण गरेपछि छिटोभन्दा छिटो सडक सञ्चालनमा ल्याइने सम्बन्धित निकायले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो