विराटनगर । जेनजी आन्दोलनपछि पहिलोपटक बसेको कोसी प्रदेश सरकारको बैठकले कोसी प्रदेशभित्रका पाँच लाख रुपैयाँ बराबरका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गर्दै एक लाख रुपैयाँ किरिया खर्च दिने निर्णय गरेको छ । त्यस्तो रकम आन्दोलनमा लागेकाहरूलाई मात्रै दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिए ।
भौतिक पूर्वाधारको क्षतिको अध्ययन गर्न कात्तिक ९ गतेसम्मको समय दिएर भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा