जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०८२, १५ : ११
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन् ।

मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र बाहिरिने निर्णय गर्दा समेत सिंह पदमा रहेको पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस