रूपन्देही । लुम्बिनी प्रदेश सभाले जनमत पार्टीमा रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ रुपन्देहीकी पासवान पार्टीकी कार्यकारणी सदस्य हुन् । पासवानले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पासवानलाई नियुक्त गरेका हुन्। निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा रहेका पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
यसअघि आदिवासी जनजाति कलस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो । जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन्।
लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य छन् । त्यसमध्ये जनमत पार्टीका ३ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु