रूपन्देही । लुम्बिनी प्रदेश सभाले जनमत पार्टीमा रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ रुपन्देहीकी पासवान पार्टीकी कार्यकारणी सदस्य हुन् । पासवानले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पासवानलाई नियुक्त गरेका हुन्। निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा रहेका पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
यसअघि आदिवासी जनजाति कलस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो । जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन्।
लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य छन् । त्यसमध्ये जनमत पार्टीका ३ जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य