काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने उनको भनाइ छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता परियारले अहिलेका लागि विधानको विशेष महाधिवेशनसम्बन्धी धाराको प्रयोग गर्नु उपयुक्त हुने बताएका हुन् ।
जेन-जी आन्दोलनपछि कांग्रेसमा नेताहरूले नेतृत्व परिवर्तनको माग गरिरहेका छन् भने कतिपयले सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण