काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा अझैसम्म सैनिक ब्यारेकमै छन् । २४ भदौंमा आफ्नै निवासमा बसिरहेका बेला निर्वतमान परराष्ट्रमन्त्री तथा देउवा पत्नी डा. आरजु राणा देउवासँगै निर्घात कुटपिटमा परेका देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताइएको छ ।
दिउँसो निवासमा कुटिएका देउवा दम्पतीलाई साँझ ८ बजेपछि मात्र उद्दार गरि सैनिक अस्पताल लगी उपचार गरिएको थियो । त्यसपछि पनि उनीहरुलाई सेनाले आफ्नो सुरक्षामा राखेर थप उपचार गराईरहेको छ ।
‘पहिले सभापति भेट्नुहोस्, स्वास्थ्य अवस्था के रहेछ, आम नेता कार्यकर्ताका बीचमा सार्वजनिक गर्नुस्, अनि मात्र पार्टीका धारणा बनाउन लाग्नुस, घाइते सभापति भेट्न नसक्ने हुतिहारा महामन्त्री बनेर सामाजिक सन्जालमा मात्रै क्यारक्यार गर्ने काम बन्द गर्नुस्,’ जनसम्पर्क समितिका सभापतिहरुको मत थियो ।
देउवा दम्पती दुवैको गर्धनमा गहिरो चोट रहेकोले अझै एक साता उनीहरु सैनिककै निगारानीमा उपचारमा रहने नेपाली सेनाले जनाएको छ । बुढानिलकण्ठमा भब्य घरबार समेत जलेको र रगताम्मे हुने गरी कुटपिटमा परेका पार्टी सभापतिको यथार्थ अवस्था के छ भन्ने बारेमा कांग्रेसका कुनै पनि नेताले अहिलेसम्म उनीहरुलाई भेटेर नबुझेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र ओली सरकारका सहयात्री कांग्रेस सभापति शेरवहादुर देउवा दुवै नेता अझै पनि सुरक्षा घेराभित्रै छन् । ओलीले निकट नेताहरुसँग टेलिफोन सम्वाद गर्ने काम गरिरहेका छन् । तर देउवाले भने नेताहरुसँग खास टेलिफोन सम्वाद पनि गरेका छैनन । न उनलाई भेटन नै कांग्रेसका नेताहरु उनी भएको ठाँउमा पुगेका छन् ।
पार्टी सभापति कुटिएको र रगताम्मे भएको भिडिओ समेत सार्वजनिक छ । तर पनि कांग्रेसका शीर्ष नेताहरुले नै उनलाई भेट गर्न नखोजेको देखिएपछि कांग्रेसभित्रै पार्टी पदाधिकारीको आलोचना भएको छ । खासगरी उपसभापति पूर्णवहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मापति नेता कार्यकर्ताले आक्रोश पोख्न थालेका छन् ।
अन्य पार्टीका नेताहरु धमाधम पार्टी काममा लागिसकेका छन् । ‘घाइते भएका सभापतिको अवस्था के छ ? उहाँहरुलाई पार्टी जिम्मेवार पदाधिकारीले भेटनु पर्दैन ?’ कांग्रेसका नेता कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूसँग मंगलबार साँझ भर्चुअल रुपमा राखेको छलफल कार्यक्रममा सहभागी विदेशस्थित जनसम्पर्क समितिका अधिकाशं सभापतिले जिम्मेवार पदाधिकारीले सभापति भेट्न नसककेको भनी आलोचना गरेका थिए ।
महामन्त्रीद्दयले फेसबुकमार्फत सार्वजनिक गरेको धारणाले पार्टीलाई प्रतिनिधित्व गर्छ कि गर्दैन भनेर प्रश्न गदै घाइते सभापति भेटन नसक्ने पदाधिकारी गैहजिम्मेवार भएको टिप्पणी गरेका थिए ।
‘तपाईंहरूले सभापतिलाई भेट्नुभयो ? उहाँको स्वास्थ्य अवस्था कस्तो छ ?’ उनीहरूको प्रश्न उद्धृत गर्दै छलफलमा सहभागी एक सहभागीले भने, ‘उहाँलाई पार्टीको सद्भावको जरुरत छ कि नेतृत्वबाट विस्थापनको ?’ती सभापतिका अनुसार, उनीहरूको प्रश्नमा महामन्त्री शर्माले भेट्न नपाएको जानकारी गराएका थिए । त्यसपछि झन् बैठकमा सहभागीहरुले महामन्त्रीद्दयको आलोचना गरेका थिए ।
‘तपाईंहरुलाई कहिले देउवाले छोड्लान् र म बन्न पाउँला भन्ने बाहेक केही पनि रैनरैछ, उहाँ रगताम्मे भएर घाइते देखिनु भएको छ । उमेरमा बयोबृद्द हुनुहुन्छ । यो अवस्थाको सभापतिको सोधीखोजी गर्ने कुरा मानवियताको कुरा पनि हो । खोइ तपाईहरुमा संवेदनशिलता ? तपाईहरुलाई कहिले देउवाले छोड्लान् भन्ने मात्रै चिन्ता देखियो, यो ठिक भएन ।’ जनसम्पर्क समितिका अधिकाशं सभापतिहरुको मत थियो । आफ्नो पार्टी सभापतिलाई सेनाले भेट्न नदिएको हो भने यो विषयको विरोध किन गर्न सकिएन भन्दै थप प्रश्न उनीहरुले तेस्र्याएका थिए ।
‘सेनाले भेट्न नदिएको हो भने यस बारेमा पार्टीका महामन्त्रीहरु किन बोल्दैनन ? घाइते सभापतिलाई मानवियताका आधारमा पनि पार्टीका जिम्मेवार पदाधिकारीले एक साता वित्दासम्म भेट गर्न नसक्नु कांग्रेसका लागि लाजमर्दाै विषय हो,’ उनीहरुले भनेका थिए ।
अरु बेला भए ठिकै छ, तर रगताम्मे भएर पिटिएको र घाइते भएका आफना सभापति भेटन नसक्ने महामन्त्रीहरु हुतियार भएको भन्दै उनीहरुले सवैभन्दा गैह्जिम्मेवार गगन विश्वप्रकाश भएको भन्दै आलोचना गरेका थिए ।
‘पहिले सभापति भेट्नुहोस्, स्वास्थ्य अवस्था के रहेछ, आम नेता कार्यकर्ताका बीचमा सार्वजनिक गर्नुस्, अनि मात्र पार्टीका धारणा बनाउन लाग्नुस, घाइते सभापति भेट्न नसक्ने हुतिहारा महामन्त्री बनेर सामाजिक सन्जालमा मात्रै क्यारक्यार गर्ने काम बन्द गर्नुस्,’ जनसम्पर्क समितिका सभापतिहरुको मत थियो ।
यस्तो प्रश्न उठेपछि महामन्त्री विश्वप्रकाशले एकपटक प्रयास गरेको तर सेनाले भेट्न नदिएका कारण अर्काेपटक प्रयास नगरिएको जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल