काठमाडौँ । छिन्नमस्ता गाउँपालिकाले जेन जेड आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर ५लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिका पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह गर्दै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियता पूर्वक अघि बढ्ने उनको भनाइ छ ।
नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिस्कृत ढंगबाट सेवा प्रवाह गर्ने अध्यक्ष चौधरीले बताए ।
जेन जेड क्षति आन्दोलनका क्रममा सिंहदरवारलगायत देशभर ठूलो मात्रामा भौतिक संरचनामा क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त