यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०८२, ०७ : ४८
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, आलु रातो (नेपाली) रु ५२, प्याज (भारतीय) रु ३७, बन्दा (लोकल) रु ५० र काउली (स्थानिय) रु ८० कायम भएको छ । 

तरकारीतर्फ गाजर (लोकल) प्रतिकेजी रु १२०, रायो साग रु १२०, ब्रोकाउली रु १४०, रातो बन्दा रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरीलो रु ४५०, पार्सले रु १,१००, पुदीना रु ९००, र सिताके च्याउ रु १,००० सम्म बिक्री भइरहेको उल्लेख छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकेजी रु ३८०, केरा (दर्जन) रु १३५, कागती रु १५०, अनार रु ३५०, जुनार रु २५०, नासपाती (चाइनिज) रु २२०, किवि रु ४००, आभोकाडो रु ३०० र शरीफा रु १३० सम्म तोकिएको छ।

मसला तथा अन्य वस्तुमा लसुन (चाइनिज) रु २२०, लसुन (नेपाली) रु १६०, अदुवा रु १२०, खुर्सानी हरियो (अकबरे) रु २००, सुकेको खुर्सानी रु ४०० र सुकेको माछा प्रतिकेजी रु १,००० सम्म पुगेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस