यस्तो छ आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, ०७ : १७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस