काठमाडौँ । बाँके, कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी आइतबार बेलुकी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ