चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, १५ : ३४
चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

चितवन। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्।

गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्।

उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।’ कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस