‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, ११ : २९
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले समयअनुसार पार्टीको रूपान्तरणको लागि अभियान थाल्नुपर्ने बताएका छन् ।

आइतबार उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् ।

समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थाल्नुपर्नेमा उनको जोड छ । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ? स्पष्ट बनौँ ।’

जेन जेड आन्दोलनपछि प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूले अवकाश लिएर नयाँलाई जिम्मेवारी सुम्पिनुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस