काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले समयअनुसार पार्टीको रूपान्तरणको लागि अभियान थाल्नुपर्ने बताएका छन् ।
आइतबार उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् ।
समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थाल्नुपर्नेमा उनको जोड छ । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ? स्पष्ट बनौँ ।’
जेन जेड आन्दोलनपछि प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूले अवकाश लिएर नयाँलाई जिम्मेवारी सुम्पिनुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा
माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती