काठमाडौ । जेनजीको आन्दोलन र निषेधाज्ञा र कफ्र्युका कारण काम र दाम दुवै गुमाएका सर्वसाधारण उपभोक्ता दसैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु तेल र दाललगायतको मूल्य बढेर उपभोक्ता झनै महँगीको मारमा परेका हुन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेलको भाउ लिटरमा १० रुपियाँ महँगिएको छ । दाल र गेडागुडी पनि किलोमा पाँचदेखि १० रुपियाँ महँगो भएको छ । सङ्घका अनुसार यी वस्तुको भाउ आन्दोलनअघि नै बढेको हो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र खड्कीले पसलमा उपलब्ध भएको खाद्यवस्तु महँगो नगरी बिक्री गर्दै आएको दाबी गरे । देशमा सङ्कट परेका बेला बिनाकारण कसैले कालोबजारी गरे त्यस्तालाई सरकारका नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, ०७ : ५४
लेखकबाट थप