काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन् ।
यसैबीच स्वास्थ्य मन्त्रालयले अस्थायी व्यवस्थापनका ठाउँ खोज्ने क्रममा रहेको जनाएको छ । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । दैनिक कामकाजमा बाधा पुगेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
५ दिनभित्र जेन जेड घाइतेहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय