काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेन जेड आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ।
आयोगले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेन जेडको प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो।
आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ। विज्ञप्तिमा सुरक्षा निकायलाई कैदी बन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ।
यस्तै आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ। यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले यसलाई गैरकानुनी कार्यको रूपमा व्याख्या गरेको छ।
आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचन अनुगमनका लागि मानव अधिकार आयोगद्वारा उच्चस्तरीय टोली परिचालन
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह