काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै 'जेनजी' आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन्।
भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्।
यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले 'जघन्य अपराध' को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ।’
आफ्नो पार्टीको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही 'रणनीतिक भूल' गरेको र युवाको भावनालाई बुझ्न नसकेको स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘हामी समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ।’
कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले 'अब सत्ताको केन्द्रमा को छ वा पार्टीको केन्द्रमा को छ भन्ने विषय गौण भएको’ बताउँदै ‘जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्ने’ बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला