भाटभटेनी भित्र ३ जनाको शव भेटियो

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १७ : ००
भाटभटेनी भित्र ३ जनाको शव भेटियो

काठमाडौँ । धरानमा रहेको भाट भटेनी सुपर मार्केटको भग्नावशेषमा तीन जनाको शव फेला परेको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले बताएको छ ।

जेन जेड आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

आगो निभेसँगै आएसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सो क्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेष मात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।

प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस