काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट निकास खोज्न मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनलाई आधार बनाउनुपर्ने सुझाव दिएको छ ।
आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग नियमित सम्पर्क गरिरहेको बताएको छ । आयोगले राष्ट्रपतिलाई मुलुकमा मानव अधिकारको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, शान्ति स्थापनाको सुनिश्चितता र कानूनी शासनको प्रत्याभूतिका लागि आवश्यक कदम चालिने भन्नेमा विश्वास व्यक्त गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले आयोगले वर्तमान परिस्थितिबारे अन्य सरोकारवाला निकायहरूसँग पनि निरन्तर संवाद र सम्पर्क गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस