काठमाडौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् ।
जेन जेड युवाहरूको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरूले पार्टीको झण्डा र बीपी कोइरालाको तस्बिर अंकित ब्यानर राखेका हुन् ।
बिपीको तस्बिरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ’ लेखिएको छ ।
केही प्रदर्शनकारीले आगजनी गरिदिँदा काँग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र