महोत्तरी । राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले जितिया पर्वको तयारी थालेका छन् । निषेधाज्ञा र कर्फ्युका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् ।
प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी सुरु गर्छन् । यसपक्षको अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व यस पटक आगामी आइतबार (पर्सी) परेको छ ।
मिथिलामा यो पर्व पौराणिक र पारम्परिक महत्वको मानिन्छ । ‘पर्व आइसक्यो, तर कर्फ्यू अर्झ हटेको छैन, सरसामान जुटाउन हाटबजार आउजाउ गर्न अझै सहज भइसकेको छैन’, जलेश्वर–५ चौरियाकी बासिन्दा पेसाले शिक्षक नायडु तिवारीले भने, ‘हामीलाई भने पर्वले छोपी सकेको छ ।’
‘जितिया पावनी बड भारी’ ९जितिया पर्व कठिन छ० मिथिलामा कठोर व्रत परम्पराको परिचय बनाएको यो पर्वका लागि मिथिलानी पितृपक्ष सुरु हुनासाथै आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्छन् । असोज कृष्णपक्षको पितृपक्ष सुरु हुनासाथै आम मिथिलानीबीच हुने भलाकुसारीमा जितियाकै तयारीको चर्चा हुन्छ । यो पक्ष सुरु हुनासाथ मिथिलानी आफ्ना कूलपुरोहितसँग सम्पर्क गरेर व्रतको दिनको टुङ्गो गर्न व्यग्रझैँ हुन्छन् ।
सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दु मैथिल परम्परा छ । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ ।
उपवासकै दिन रात नकटी नवमी लागे पनि एक अहोरात्र व्रत हुनुपर्ने परम्पराले भोलिपल्टको सूर्योदयपछि मात्र साङ्गता (समापन) गर्न मिल्ने स्थापित परम्पराले कहिलेकाहीँ यो पर्व ३६ घण्टा बढीको समेत गरिएको पाका मिथिलानी सम्झन्छन् । यसपालि यो पर्व ३१ घण्टा केही बढीको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराई–मधेशमा आज जितिया पर्व मनाइँदै
मिथिलाञ्चलमा जितिया पर्व : आजदेखि निर्जल उपवास सुरु
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु