काठमाडौँ । नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकैको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ।
रक्षा मन्त्रालयअन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बिहीबार जारी गरेको विज्ञप्तिमा उद्धार वा सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सुरक्षा निकायमार्फत तत्काल सहयोग उपलब्ध हुने स्पष्ट गरिएको छ।
विज्ञप्तिमा होटल, पर्यटन व्यवसायी तथा सम्बन्धित संघसंस्थाहरुलाई विदेशी नागरिकको उद्धार र सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ।
जेन जेड समूहको दुई दिने आन्दोलनका कारण उपत्यकालगायत देशभर जनजीवन कष्टकर बनेको छ। यस्तै परिस्थितिमा हिजो राति १० बजेदेखि सेनाले समग्र सुरक्षा जिम्मेवारी लिएसँगै अवस्था क्रमश: सामान्य बन्न थालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
सांसद बनेका पाँच पूर्व सुरक्षाकर्मीप्रति सेनाभित्रै किन बढयो चासो ?
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो