काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेनजी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन् ।
जेनजी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा राज्यले दमन गर्दा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको छ। 'राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेनजीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ,' घिसिङले भने।
सामाजिक सञ्जालमा प्रकाशित पोस्टमा नेपालमा दैनिक १८ घटना सम्म चलेको लोडसेडिङ हटाउन निर्णायक भूमिका निर्वाह गरेका घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नु पर्ने बताए।
'सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेनजी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्त गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु,' घिसिङले भने, 'यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जबाफदेहिताको चाहना राख्ने युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
‘बढी भाडा असुल गर्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्छौँ’ : कुलमान घिसिङ
राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन मन्त्री घिसिङको आह्वान
‘अब सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन’ : कुलमान घिसिङ