काठमाडौं । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन् । उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे ।
देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए । उक्त पोस्टमा सयौँ कमेन्टहरू आएका छन्, अधिकांश नकारात्मक । त्यसमध्ये एउटा छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको ।
साहले देउवाको कमेन्ट बक्समा गएर कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । देउवाले भीपीएनको सहारामा फेसबुक चलाइरहेको छ र आफूले पनि चलाउने गरेको बालेनको संकेत छ । भिपिएन चलाउन गाह्रो हुने अनुभव उनले सुनाएका छन् ।
उनले लखेका छन्, ‘यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन