काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नै प्रश्न उठाएका छन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर प्रचार गरे जस्तै चीन र भारतबीच लिपुलेकबारे भएको सहमति चीनले फिर्ता लिन्छ ? भन्दै प्रश्न गरे।
उनले भनेका छन्, ‘तपाईँको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार मार्फत तपाईँलाई भगवान् बनाउने गलत प्रयास भएको थियो तर क्रमशःआइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भइरहेको छ । यदि त्यस्तो हो भने कूटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सीमा भित्र मात्रै सीमित हुँदैन रहेछ।’
उनले राष्ट्रियता र लिपुलेक सम्बन्धमा इमान्दर भए नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नु हुन्छ ? भन्दै प्रश्न उठाए। ‘सैन्य गठबन्धन जीएसआईलाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो के साँच्चै तपाई संविधानकोविरुद्ध जानु भएको हो रु प्रस्ट्याउनु पर्यो’ उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा