काठमाडौ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा भाद्र १६ गते दिउँसो भएको अटो दुर्घटनामा परि वेपत्ता भएका यात्रुहरु मध्ये २ जनाको शव सशस्त्र प्रहरी फेला पारेको छ ।
होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो ।
अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ बर्षिया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ बर्षिया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिम बाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ ।
वेपत्ता ४७ बर्षिया चाखुरी देवी धामीको खोजीकार्य भईरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको सह प्रबक्ता डिएसपि शैलेन्द्र थापाले जनाएको छ ।
दुर्घटनामा परि घाईत भएका सोही ठाउँ बस्ने १६ बर्षिय आयुष भुल भुललाई उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ पठाएको छ ।
दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त र नेपाल प्रहरिको सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि परिचालन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
सुटकेशभित्र एक महिलाको शव फेला