काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ का लागि गृह सचिव गोकर्णमणि दुवाडीसहित संगठन प्रमुख, महाशाखा तथा विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री लेखकले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए।
गृहमन्त्री लेखकले भने, “लागुऔषध, सडक दुर्घटना, साइबरक्राइम र आत्महत्या अहिलेका नयाँ चुनौती हुन्। यसमा विशेष काम भएको छ तर परिणाम आउन थोरै समय लाग्छ। अब यो वर्ष नतिजामुखी ढंगले काम गर्नुपर्छ।”
उनले पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै पुनर्निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिए। साथै, गत आर्थिक वर्षमा गृह मन्त्रालयले तोकिएको माइलस्टोनमा ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई र धन्यवाद व्यक्त गरे।
मन्त्री लेखकले भने, “अहिलेको आवश्यकता अनुसार नयाँ नीति र योजना तयार गरी अघि बढ्नुपर्छ। सीमित स्रोत, साधन, जनशक्ति र बजेटको दायराभित्र बसेर काम गर्नुपर्छ।”
कार्यसम्पादन सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले जस वा अपजस पनि सामूहिक रूपमा लिनुपर्नेमा जोड दिए। मन्त्रालयको नेतृत्व सम्हालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अगाडि बढाइएको स्मरण गर्दै उनले प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको जानकारी दिए।
उनले थपे, “पाइपलाइनमा रहेका कानुनी विधेयक यो महिनाभित्रै प्रतिनिधि सभामा दर्ता हुने गरी प्रक्रिया अघि बढाउनुपर्छ। मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकता हो, सोही अनुसार काम अघि बढिरहेको छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीको प्रष्टीकरण : ‘रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ’
प्रत्येक कारागारमा क्षमताभन्दा ६७ प्रतिशत बढी कैदीबन्दी छन् : गृहमन्त्री लेखक
विदेशमा जन्मिएका सन्तानलाई आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले काँग्रेसका दुई महामन्त्रीसँग गरे बेग्लै संवाद
जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुनलाई परिमार्जन गर्छ: गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल